वेस्ट इन्डिजका बलर रामोनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने
मंसिर १, २०८१ शनिबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलरबीच दुई वर्षपछि पहिलोपटक टेलिफोनमा कुराकानी भएको छ । सन् २०२२ को डिसेम्बरपछि हिजो पहिलो पटक पुटिन र जर्मन चान्सलर ओलाफ स्कोल्जबीच कुराकानी भएको बीबीसीले जनाएको छ ।
झण्डै एक घण्टा लामो कुराकानीमा युक्रेन युद्ध अन्त्यको विषयले प्राथमिकता पाएको छ । जर्मन चान्सलर स्कोल्जले उत्तर कोरियाली सैनिकलाई युक्रेनविरुद्धको लडाइमा प्रयोग गरेकोबारे आपत्ति जनाउँदै यसले क्षेत्रीय युद्धलाई थप बढाउने बताउनुभएको थियो ।
पुटिनले भने उत्तर कोरियाका सेना रुसको पक्षमा लडिरहेको कुरा सत्य नभएको जवाफ दिनुभएको छ । यस्तै, स्कोल्जले युक्रेनबाट सेना फिर्ता गरेर शान्ति वार्ताको सुरुवात गर्न पुटिनलाई आग्रह गर्नुभएको छ ।
पुटिनले भने युक्रेनमा नेटोको आक्रामक विस्तार गरेर रुसलाई घेराबन्दीमा पार्ने योजनालाई सफल हुन नदिने अडान लिनुभएको खबरमा उल्लेख छ । लामो समयदेखि चलिरहेको नेटोको आक्रामक नीतिहरूको प्रत्यक्ष परिणाम नै युक्रेन युद्ध भएको उहाँको भनाइ थियो ।
रुसविरुद्ध नेटोको विस्तार रोकिने ग्यारेन्टी भएमा मात्रै अहिलेको युद्ध रोकिने पुटिनको भनाइ छ । वार्तालाई पुनः शुरू गर्न रुस सधैँ खुला रहेको पनि पुटिनले जानकारी दिनुभएको छ ।
पुटिनले रुसले जर्मनीको ऊर्जा क्षेत्रमा आफ्नो प्रतिबद्धता सधैँ पूरा गरेको र जर्मनीले चासो व्यक्त गरेमा पारस्परिक सहयोगका लागि तयार रहेको जनाउनुभएको छ । दुई जना नेताले मध्यपूर्वको तनाव कम गर्ने विषयमा पनि कुरा गरेका रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
युक्रेन युद्धमा सबैभन्दा ठूलो आर्थिक र सैन्य सहयोग अमेरिकापछि जर्मनीको रहेको छ । तर रुसलाई सहयोग गरेर देशलाई टाट पल्टाउने काम भइरहेको भन्दै जर्मनीभित्र चर्को विरोध भइरहेको छ । आउँदो फेब्रुअरीमा हुने चुनावमा यो मुद्दाले ठूलो रूप लिने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।