दक्षिण अफ्रिकासँगकोे टी–२० क्रिकेट शृङ्खला भारतलाई, दुई जना खेलाडीको शतक

 मंसिर १, २०८१ शनिबार ६:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण अफ्रिकासँगको चार खेलको टी–२० क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको चौथो तथा अन्तिम खेलमा १ सय ३५ रनको फराकिलो अन्तरले विजयी भएसँगै शृङ्खला भारतले जितेको हो ।

जोहानेशवर्गमा भारतले दिएको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभर २ बलमा १ सय ४८ रनमा अलआउट भयो । उसका ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए । भारतका अश्रदीप सिंहले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले जम्मा एक विकेट गुमाएर दुई सय ८३ रन बनाएको थियो । उसका तिलक बर्माले नटआउट १ सय २० र सञ्जु सामसनले १ सय ९ रन बनाए । अभिषेक शर्माले ३६ रन बनाए ।

यो शृङ्खलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जित्यो । त्यसपछि तेस्रो र चौथो खेलमा लगातार भारत विजयी भएको हो । 
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया