वडाध्यक्ष बेपत्ता, लिखु किनारमा भेटियो यस्तो डायरी : ‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्’ramechhap

 बैशाख २५, २०७५ मंगलबार १९:१३:२५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप, वैशाख २५ –उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, प्रितीका वडा अध्यक्ष केदार खत्री मंगलबार बिहानदेखि हराउनुभएको छ । 

सधैँ झैँ मंगलबार बिहानै गाउँपालिकामा ‘कार्यपालिकाको बैठकमा ११ बजे नै पुग्नु पर्ने छ’ भन्दै बिहान ७ बजे नै घरबाट हिँडेका केसी दिउँसोसम्म पनि बैठकमा आउनुभएन । त्यसपछि गाउँपालिकाका प्रमुखलगायतका पदाधिकारीहरुले केसीको मोबाइलमा सम्र्पक गर्दा समेत फोन नउठेपछि अध्यक्ष केसीको घरपरिवारमा सोधखोजपछि खोजी कार्य भइरहेको छ । उहाँ दश महिनाअघि भएको चुनावमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।  

घरमा सोधखोजपछि परिवारका सदस्यहरुले कार्यपालिकामा बैठक छ भनी बिहानै घरबाट मोटरसाइकल लिएर हिँडेको र त्यसपछि घरमा सम्पर्क नभएको बताएपछि गाउँपालिकाका प्रतिनिधिहरुले उनको खोजी कार्य जारी राखेका छन् । खोजी गर्ने क्रममा उमाकुण्ड गाउँपालिका वडा नम्बर –५, लिखु नदी किनार रोडमा वडाध्यक्ष केसीले चलाएको मोटरसाइकल,  लगाएको ज्याकेट, चप्पल, घडी, नोट डायरीलगायतका सामग्री भेटिएकोे प्रहरीले जनाएको छ । 

नदी किनारमा फेला परेको अध्यक्ष केसीको डायरीमा ‘जिन्दगी यस्तै रहेछ, जनताले अध्यक्षले केही गरेन मात्रै भन्छन्, अझै अध्यक्षले गर्नुपर्ने काम धेरै नै बाँकी रहेको छ । बाँकी रहेका अधुरा कामहरु सबै क्रमशः पूरा गरिदिनु’ लेखिएकोे उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । 

अध्यक्ष सुनुवारले दिउँसोदेखि नै स्थानीय जनप्रतिनिधिहरु, प्रहरी, स्थानियलगायतको सक्रियतामा वडाध्यक्ष केसीको खोजी कार्य भइरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया