नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा विशेष छुट

 मंसिर १३, २०८१ बिहीबार १६:२७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका सेवाग्राहीलाई काठमाण्डौको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भीसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने परामर्श निःशुल्कमा हुने व्यवस्थासमेत गरिएको छ ।

सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भीसेजको तर्फबाट अध्यक्ष रूप नारायण शाहले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकले अस्पतालबाट प्रदान गरिने इन्टोस्कोपी, कोलोस्कोपी, ईसीजी, ईईजी, पुलमोनरी फङ्सन टेस्ट, एफएनएसी/बायोस्पी, एक्स–रे, अल्ट्रासाउण्ड, डोप्लर, कलेजो, मुटु, मृगौला, दिमाग/न्यूरो स्वास्थ्य, यूरोलोजी, सामान्य स्वास्थ्य चेकजाँच, ईसीएजओ, न्यूक्लीएर कारडियोलोजी परिक्षण, दाँत, छाला, सामान्य शल्यक्रिया, एभी फिस्टुला जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने नेपाल बैंकले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया