शेयर बजार झन्डै २५ अङ्कले घटेर २७ सय ५० विन्दुमा, ९ अर्ब १३ करोड रुपैयाँको कारोबार

 मंसिर १९, २०८१ बुधबार १५:१६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो आठ अर्ब ५२ करोडको कारोबार भएकोमा आज तीन सय २० वटा कम्पनीका दुई करोड तीन लाख कित्ता शेयर नौ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया