आइतवार र सोमवार पानी पर्ने सम्भावना

 मंसिर २१, २०८१ शुक्रबार ७:३९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पर्सि आइतवार र सोमवार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज पनि कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी  र बाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराई र उपत्यकाका केही ठाउँमा हुस्सु लागेको छ ।

आउँदो २४ घण्टामा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा वर्षाको साथै भोलि बिहान तराई तथा उपत्यका  धेरै ठाउँहरुमा हुस्सु र केही ठाउँहरुमा कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया