शेयर बजार आज पनि घट्यो, ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार

 मंसिर २४, २०८१ सोमबार १५:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ विन्दुमा झरेको छ । फाइनान्स, लगानी, उत्पादन, म्युचुअल फण्ड र अन्य समूहको शेयर सामान्य बढेपनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज इमर्जिङ नेपाल कम्पनीको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । आज एक करोड १५ लाख २३ हजार कित्ता शेयर पाँच अर्ब ६२ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया