सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध

 मंसिर २४, २०८१ सोमबार १८:३०:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक योलमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । गएको मङ्गलवार अकल्पनीय रूपमा सैन्य शासन अर्थात् मार्शल कानून घोषणाको लागि अनुसन्धानमा रहेकाले राष्ट्रपति योलमाथि यात्रा प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

योलले लगाएको सैन्य कानुन छ घण्टाभित्रै संसदले खारेज गरिदिएको थियो । उहाँविरुद्ध महाअभियोगको प्रस्ताव पनि दर्ता भएको थियो । तर सत्तारुढ पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान बहिष्कार गरेपछि उहाँ महाभियोग प्रस्तावबाट मुश्किलले बच्नुभएको थियो ।

राष्ट्रपति योलले आफ्नो कार्यकाल छोटो बनाउने तथा विदेश र आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि पीपीपी सदस्यहरूले प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताएका छन् । तर, संसदमा बहुमत प्राप्त विपक्षी डेमोक्रेटिक पार्टीले सम्झौताको आलोचना गर्दै यसलाई दोस्रो ‘कु’ भनेको छ ।

मार्सल ल फिर्ता भइसकेपनि दशौं हजार मानिसहरु विरोध प्रदर्शनमा छन्, उनीहरुले राष्ट्रपति योललाई राजीनामा दिन वा महाभियोग लगाउन माग गरेका छन् । राष्ट्रपति योललाई मार्सल कानून लगाउन उस्काउने रक्षामन्त्री किम योङ–ह्युन ले राजिनामा दिइसक्नुभएको छ भने हिजो प्रहरीले उहाँलाई पक्राउ गरिसकेको छ । आन्तरिक मन्त्री ली स्याङ–मिनले पनि हिजो राजीनामा दिनुभएको छ । 

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया