सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त हुनुभएको छ । बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेका मोहम्मदलाई प्रधानमन्त्रीलाई नियुक्त गरिएको हो ।
एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल–बशीरले उहाँ अर्को वर्ष मार्चसम्म पदमा रहन तयार रहेको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । बशीरले सानो मन्त्रिपरिषद्को नेतृत्व गर्दै सार्वजनिक सेवाहरू पुनः सञ्चालन गर्ने खबरमा उल्लेख छ । उहाँले अहिले इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहनुभएको छ ।
केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको बेला यो घोषणा भएको हो ।
एलेप्पो, हामा र होम्सपछि विद्रोहीले गएको आइतवार राजधानी दमास्कस कब्जा गरेका थिए । यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको बताएका छन् । देश छोडेर भागेका बशर अल असदलाई रुसले आश्रय दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।