भारतीय महिला क्रिकेट टिममा चरम विवाद, नयाँ प्रशिक्षकको खोजी

 मंसिर १५, २०७५ शनिबार ९:३०:१३ | एजेन्सी
unn.prixa.net

भारतमा फेरि महिला क्रिकेट टिमको प्रशिक्षक खोज्न सुरु भएको छ । 

हालै भएको विश्वकप क्रिकेटमा सिनियर महिला खेलाडी मिताली राजलाई प्रशिक्षक रमेश पवारले नखेलाएपछि बढेको विवादसँगै प्रशिक्षक पवारको ३ महिने कार्यकाल पूरा भएको छ । उनको कार्यकाल नथप्ने मनस्थितिमा भारतीय क्रिकेट बोर्ड बीसीसीआई पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बीसीसीआईका एक अधिकारीले भने, ‘रमेश पवारको करार सकिएकाले थपिने सम्भावना निकै कम छ ।’

महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध मितालीलाई नखेलाउँदा भारत ८ विकेटले पराजित हुन पुगेको थियो ।

त्यसपछि प्रशिक्षकसँग मितालीको विवाद बढेको हो । उनले आफ्नो करियर सक्काउन प्रशिक्षक पवार लागेको गम्भीर आरोप लगाएकी थिइन् । यसअघि पनि भारतीय महिला प्रशिक्षक तुषार अरोठेमाथि पनि खेलाडीहरुले केस गरे पछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि पवार नियुक्त भएका थिए ।

पवार गएपछि पनि भारतीय महिला क्रिकेटमा देखिएको विवाद समाधान हुुनेमा भारतीय सञ्चारमाध्यमहरु भने विश्वस्त छैनन् । अहिले नि टी–२० की कप्तान हरमनप्रीत कौर र  वनडे कप्तान मिताली राजकाबीचमा मतभेद छ । पछिल्लो घटना क्रममा हरमनप्रीतले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया