पाकिस्तानी क्रिकेट टिमले प्रशिक्षक पाएन

 मंसिर १५, २०७५ शनिबार ९:५२:५७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

केही समयदेखि पाकिस्तानले स्थायी  क्रिकेट प्रशिक्षक पाउन सकेको छैन् । 

जसका कारण आसन्न एसीसी इमर्जिङ कपका लागि ४ वर्षअघि म्याच फिक्सिङका कारण बर्खास्तमा परेका एजाज अहमद जुनियरलाई पाकिस्तानी टिमको जिम्मा दिइएको छ । एसीसी इमर्जिङ कपमा पाकिस्तानको यू–२३ टिम खेल्ने छ । 

एजाजलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि पाकिस्तानी क्रिकेट बोर्डका सदस्यहरुबीचमा मतभेद देखिएको छ । तर केही अधिकारी भने उनको बचाउमा देखिएका छन् । उनीहरुले जाँचका दौरान म्याच  फिक्सिङ गरेको नपाइएकाले उनलाई प्रशिक्षकको  जिम्मेवारी दिइएको हो । 

४९ वर्षीय प्रशिक्षक एजाज अहमदले दुई टेस्ट  तथा दुई एकदिवसीय क्रिकेट खेलेका छन् । उनलाई घरेलु टी –२० क्रिकेटमा म्याच फिक्सिङ गरेको अभियोग लागेको थियो । तर पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीले गरेको जाँचमा उनी निर्दोष सावित भएका थिए ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया