काठमाण्डाैकाे तापक्रम २ डिग्रीमा झर्‍याे

 मंसिर २९, २०८१ शनिबार १०:५४:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाैमा आज यस वर्षकै चिसो महसूस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डाैकाे न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ ।

यसअघि हिजो काठमाण्डाैकाे न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री थियो । महाशाखाले आज बिहान ८ बजेर ४५ मिनेटमा सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव २ डिग्रीमा झरेको छ ।

तराईमा हुस्सु र कुहिरो

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ । तराईका केही ठाउँमा हुस्सु/कुहिरो लागिरहेकाे छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया