भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

 पुष १३, २०८१ शनिबार ६:१८:४० | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदैछ । उहाँको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि विपक्षी दल कंग्रेसले सिंहकाे अन्त्येष्टि र श्रद्धाञ्जलीका लागि उपयुक्त ठाउँको माग गरेको छ । अहिले कांग्रेससहित अन्य दलले सरकारको यो निर्णयको विरोध गरिरहेका छन् । तर गृह मन्त्रालयले मनमोहन सिंहको स्मारक निर्माण गर्न अनुमति दिएको खबरमा उल्लेख छ ।

सिंहको अस्ति बिहीवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा सरकारले हिजो सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको थियो ।  उहाँ भारतकाे शीर्ष पदमा पुग्ने पहिलाे शिखसमेत हुनुहुन्थ्याे ।

सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको हो । शोक आउँदो जनवरी १ तारिखसम्म मनाइनेछ । त्यस्तै राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

मनमाेहन सिंहलाई आर्थिक उदारीकरणका शिल्पकार मानिन्थ्याे । सिंहले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गर्नुभएकाे थियाे । यही कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भएकाे थियाे ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया