बर्दियाको ठाकुरबाबाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराब...
पुस १७, २०८१ बुधबार
सकिनै लागेको अङ्ग्रेजी वर्ष सन् २०२४ मा समुद्री मार्गबाट स्पेन पुग्ने प्रयास गर्दा १० हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको छ ।
स्पेनिस आप्रवासन अधिकार समूहले जारी गरेको एक रिपोर्टअनुसार सन् २०२४ को जनवरीदेखि यही डिसेम्बर १५ तारिखसम्ममा स्पेन जाने क्रममा १० हजार जनाभन्दा धेरै आप्रवासीको ज्यान गएको हो । यसको अर्थ यस वर्ष डुङ्गाबाट स्पेन जान खोज्दा हरेक दिन ३० जनाले ज्यान गुमाएका छन् । गएको वर्षको तुलनामा कुल मृत्युदर ५८ प्रतिशतले बढेको पनि रिपोर्टमा उल्लेख छ ।
सन् २०२४ मा १०औं हजार आप्रवासी पश्चिम अफ्रिकाबाट अफ्रिकी तट नजिकैको स्पेनी द्वीप क्यानरी टापुका लागि गएका थिए । क्यामिनान्डो फ्रन्टेरास संस्थाले मृतकहरूमध्ये एक हजार पाँच सय ३८ बालबालिका र चार सय २१ जना महिला रहेको जनाएको छ । अप्रिल र मे महिना सबैभन्दा घातक महिना थियो ।
सन् २०२४ मा मौरितानियाबाट डुङ्गा चढेर स्पेन जान खोज्ने आप्रवासीको सङ्ख्यामा तीव्र वृद्धि भएको खबरमा उल्लेख छ । स्पेनको आन्तरिक मन्त्रालयले डिसेम्बरसम्म ५७ हजार जनाभन्दा धेरै आप्रवासी डुङ्गामा स्पेन आइपुगेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।