यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान

 पुष १६, २०८१ मंगलबार ९:५१:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुस र युक्रेनले युद्धबन्दीहरु साटासाट एवम् आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको एक सम्झौताअनुसार युद्धबन्दीहरु आदानप्रदान भएका हुन् ।

रुसमा बन्दी बनाइएका एक सय ५० युक्रेनी सैनिकलाई उति नै सङ्ख्याको रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले एक सय ८९ युक्रेनीहरु घर फर्किएको प्रतिक्रिया दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरूलाई दक्षिण–पूर्वी युक्रेनी बन्दरगाह शहर मारियोपालमा चलेको युद्धको क्रममा रुसले बन्दी बनाएको थियो । सन् २०२२ को ‘मे’ महिनामा रूसले मारिपोललाई जित्नको लागि एक महिना लामो लडाइ लडेको थियो ।

रुसी रक्षा मन्त्रालयले हालै रिहा भएका रुसी सैनिकहरु बेलारुसमा रहेको र उनीहरुलाई चिकित्सा सहायता र आफ्ना परिवारसँग सम्पर्कको मौका दिइएको बताएको छ ।

रुसी मानवअधिकार आयुक्त तात्याना मोस्काल्कोवाले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दी रिहाइ हुदाँ उनीहरुले आफ्नो जन्मभूमिमा खुशीयाली साट्ने अवसर पाएका बताउनुभएको छ ।

युक्रेनले द्वन्द्व शुरू भएदेखि राजधानी किएभसँगको सम्झौतामा रुसले सैनिक र सर्वसाधारणसहित तीन हजार नौ सय ५६ जनालाई रिहा गरेको जनाएको छ । रुससँग अझै आठ हजार युद्धबन्दी रहेको अनुमान छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया