जसप्रीत बुमराह र नीतीश रेड्डीको नाम मेलबर्न क्रिकेट ग्राउन्डको 'अनर बोर्ड' मा

 पुष १६, २०८१ मंगलबार १५:१०:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय क्रिकेट टिमका उपकप्तान जसप्रीत बुमराह र अलराउन्डर नीतीश कुमार रेड्डीको नाम 'मेलबर्न क्रिकेट ग्राउन्ड' (एमसीजी) को 'अनर बोर्ड' मा दर्ता भएको छ । भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेबापत दुवै खेलाडीलाई यो सम्मान प्रदान गरिएको हो ।

चौथो टेस्टमा उपकप्तान बुमराहले दोस्रो पारीमा पाँच विकेट लिएका थिए भने नीतीशले पहिलो टेस्ट शतक बनाएका थिए । बुमराहको नाम पाँच विकेट हलको सूचीमा परेको छ भने नीतीशको नाम मेलबर्नमा शतक प्रहार गर्ने खेलाडीको सूचीमा थपिएको छ ।

चौथो टेस्टमा बुमराहले पहिलो पारीमा चार र दोस्रो पारीमा पाँच गरी नौ विकेट लिएका थिए । यस्तै नीतीशले पहिलो पारीमा एक सय १४ रन बनाएका थिए ।

भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट यही डिसेम्बर २६ देखि ३० सम्म भएको थियो । यो खेलमा भारतले एक सय ८४ रनको हार बेहोरेको थियो । योसँगै पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ ।

शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो शुक्रवारदेखि सिड्नीमा शुरू हुनेछ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया