बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ चरणको खेल सकिएको छ ।
पाँचौ चरणको खेल सकिँदा मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मीले मात्र अपराजित यात्रा कायम राखेका छन् । मनाङ पाँचवटै खेल जित्दै १५ अंकका साथ शीर्ष स्थानमा रहँदा ४ खेलमा जित र एक खेलमा बरबारी गरेको आर्मी १३ अंक सहित दोस्रो स्थानमा छ ।
पाँचौ चरणमा आइपुग्दा हिमालयन शेर्पाको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । शेर्पा आर्मीसँग पराजित भएको हो । तालिकामा थ्री स्टार क्लब १२ अंक सहित तेस्रो स्थानमा रहेको छ ।
थ्री स्टार मनाङसँग पराजित हुँदा बाँकी चारवटै खेल जित्न सफल भएको छ । यसैगरी संकटा क्लबले पनि पाँच खेलमध्ये चार खेल जित्दै १२ अंक बनाएको छ । थ्री स्टारभन्दा गोल अन्तरका आधारमा पछि पर्दै चौथो स्थानमा रहँदै पाचौं चरणको लिग सकाएको छ ।
नेपाल पुलिस र हिमालयन शेर्पाको समान १० अंक भए पनि गोल अन्तरका आधारमा पुलिस पाँचौ र शेर्पा छैटौं स्थानमा रहेका छन् । पाँचमध्ये २ खेल जितेर ६ अंक जोडेको सरस्वती ७ औं स्थानमा रहेको छ ।
आठदेखि ११औं स्थानमा रहने टिमले लिग तालिकामा ४ अंक जोडेका छन् । आठौ स्थानमा रहेको च्यासले एक खेलमा बराबरी र एक खेल जित्दै ४ अंक पुर्याएको हो । यसैगरी सोही नतिजाका साथ फ्रेन्ड्स नवाैं, जावलाखेल दशौं र एपीएफ ११औं स्थानमा छ ।
ब्रिगेड ब्वाइजले ३ अंक जोड्दै १२ औं स्थानमा रहँदा मछिन्द्रले २ तथा एनआरटीले एक अंक मात्रै जोडेको छ । एनआरटी तालिकाको पुछारमा रहेको छ ।