खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काभ्रे – गएको असोज दोस्रो हप्ताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । बाढीपछि गरेको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
बाढी पहिरोले काभ्रेको चौकीडाँडाबाट कालढुङ्गासम्मको आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । सडकमा तीन किसिमका पर्खाल लगाउनुपर्ने देखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । भत्किएको सडकको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अध्ययन गरेको हो ।
सडकको पुनर्निर्माणको लागि बजेट व्यवस्था भइनसकेको र दातृ निकायहरुसँग छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । आउँदो फागुनसम्ममा बजेटको व्यवस्था गरेर ठेक्का प्रक्रिया अघि बढाउने तयारी रहेको पनि उहाँले बताउनुभयो ।
पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षायाममा गाडी चलाउन कठिनाइ ब्यहोर्नुपर्ने छ । सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार बीपी राजमार्गमा भत्किएको सडक मर्मत गर्न कम्तीमा दुई वर्ष लाग्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।