खो–खो विश्वकपमा नेपाली महिला टाेलीकाे लगातार तेस्राे जीत
माघ २, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले गण्डकी प्रदेशलाई हराएकाे छ । आज भएकाे खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८ विकेटले हरायो ।
गण्डकीले दिएको ७१ रनको लक्ष्य एपीएफले ९ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । एपीएफकी कप्तान इन्दु बर्माले नटआउट २६ रन बनाइन् । गण्डकीका आकृत्रि तिवारी र यशोदा भुजेलले १/१ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर ७० रन बनायो । गण्डकीकी कप्तान सृजना पौडेलले २५ रन बनाइन् । एपीएफकी बिनु बुढाले २ विकेट लिइन् ।
प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जीत हो । गण्डकीको यो लगातार दोस्रो हार हो ।
समूह ‘ए’ मा सुदूरपश्चिम, गण्डकी, आर्मी, कर्णाली र लुम्बिनी प्रदेश छन् । समूह ‘बी’ मा बाग्मती, कोशी, मधेश र आर्मी छन् । प्रतियोगिताको फाइनल खेल यही माघ १२ गते शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।