इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने

 माघ ३, २०८१ बिहीबार ५:५३:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । गएको १५ महिनादेखि भइरहेको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौता आउँदो आइतवारदेखि लागू हुने बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाबाट इजरायली सेना फिर्ता गर्ने र हमासले बन्दी बनाएका सबै बन्धकहरूलाई रिहा गर्ने सर्तसहित पूर्ण युद्धविराम सम्झौता भएको पुष्टि गर्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस द्वन्द्वका पीडित र प्रभावितको ठूलो पीडा कम गर्नु पहिलो प्राथमिकता रहेको भन्दै प्यालेस्टाइनीहरूलाई थप सहायता सामग्री तथा सहयोग बढाउने बताउनुभएको खबरमा उल्लेख छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा झण्डै एक हजार दुई सय मानिसहरूको ज्यान गएको थियो । दुई सय ५१ जनालाई गाजामा बन्धक बनाएको थियो । ९४ जना अझै पनि हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान छ ।

गएको अक्टोबरमा हमासले गरेको आक्रमणको बदलामा  इजरायलले गाजामा युद्ध शुरू गरेको थियो । यो युद्धमा अहिलेसम्म ४६ हजारभन्दा धेरै प्यालेस्टाइनीहरू मारिएका हमासले सञ्चालन गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया