प्रधानमन्त्री कप महिला क्रिकेट : आज गण्डकी र कर्णाली तथा एपीएफ र लुम्बिनी खेल्दै

 माघ ३, २०८१ बिहीबार ६:५९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा बिहान नौ बजे गण्डकी र कर्णाली प्रदेश खेल्दैछन् । गण्डकीले यसअघि खेलेका दुवै खेल हारेको छ भने कर्णालीले आज पहिलो खेल खेल्न लागेको हो ।

यस्तै आज दिउँसो १ बजे हुने अर्को खेलमा सशस्त्र प्रहरीको  एपीएफ र लुम्बिनी प्रदेश खेल्दैछन् । एपीएफले लगातार दुई खेल जितेको छ भने लुम्बिनिले पहिलो खेल हारेको छ । प्रतियोगिताको फाइनल खेल यही माघ १२ गते शनिवार हुनेछ ।

 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया