सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – खो–खो विश्वकपको पुरुषतर्फ नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग खेल्दैछ । भारतको नयाँ दिल्लिमा हुने खेल नेपाली समयअनुसार केहीबेरमा साढे नौ बजे शुरू हुने छ ।
समूह चरणको यसअघिका खेलमा नेपालले हिजो ब्राजिललाई १३४–८ ले हराएको थियो । अस्तिको खेलमा पनि नेपालले पेरुलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
यस्तै खो–खो विश्वकपको महिलातर्फ पनि नेपालले समूह चरणको अन्तिम खेलमा आज बङ्गलादेशसँग खेल्नेछ । खेल आज बेलुका पाैने पाँच बजे शुरू हुनेछ । महिलातर्फ समूह चरणको खेलमा नेपाल अपराजित छ ।
हिजोको खेलमा नेपालले श्रीलङ्कालाई ११०–१० ले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा जर्मनीलाई पनि हराएको थियो ।
प्रतियोगितामा महिला र पुरुष दुवै टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलका खेल भोलि हुनेछन् भने फाइनल खेल आउँदो आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।