च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गर्नुभएको छ । शीतल निवासमा आज आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले आदिवासी जनजाति समुदायभित्र रहेका आदिकविकहरूको नाम र सालिक उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
राष्ट्रपति पाैडेलले आयोगले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातिहरूका आदिकविहरूको नाम र सालिक पाएमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताउनुभयो ।
पाैडेलले ४ सय बिघा जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको उल्लेख गर्नुभयाे । त्यहाँ बनाइने मूर्ति बाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने उहाँकाे भनाइ छ ।
राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, सम्वर्द्ध एवम् विकास तथा यी समुदायको सशक्तीकरण गरी सर्वाङ्गीण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानूनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।