६ महिनामा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात

 माघ ८, २०८१ मंगलबार १५:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन् ।

भन्सार विभागले हिजो सार्वजनिक गरेको गएको साउनदेखि पुससम्मको आयात–निर्यातको तथ्याङ्कानुसार ६ महिनामा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएका छन् । यो गएको आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा धेरै हो । गएको वर्ष ६ महिनमा ५ हजार १ सय वटा विद्युतीय गाडी आयात भएका थिए ।

यस पटक आयात भएका गाडीमध्ये ५१ किलोवाटदेखि १०० किलोवाटसम्म क्षमताका गाडीकाे सङ्ख्या सबैभन्दा धेरै छ । ५१ देखि १०० किलोवाटका ३ हजार १ सय ९१ वटा गाडी आयात भएका छन् । विद्युतीय गाडीमा दिइएको भन्सार छुट तथा अन्य करमा समेत कमी भएकाले उपभोक्ताको आकर्षण बढेको छ ।

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणसहित विभिन्न ब्रान्डका गाडीका नेपाली डिलर र निजी कम्पनीले पनि चार्जिङ स्टेशन बनाइरहेकाले विद्युतीय गाडीको चार्जिङमा समेत सहज भइरहेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया