युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न दिएन

 माघ १३, २०८१ आइतबार ८:५६:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

हमासले युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न रोक लगाएको छ । इजरायलको आक्रमणका कारण हजारौँ प्यालेस्टाइनीहरु उत्तरी गाजाबाट विस्थापित भएका थिए ।

युद्धविराम सम्झौता भएपछि केही मानिस आफ्नो घर फर्किएपनि इजरायलले अहिले प्यालेस्टाइनीलाई आफ्नै घरमा जान समेत रोकेको छ । इजरायलले मुख्य सडक नै अवरुद्ध गरेको छ । हिजो हमासले चार जना इजरायली महिला सैनिकलाई रिहा गरेपछि विवाद शुरु भएको हो ।

सम्झौता अनुसार हिजो हमासले इजरायली नागरिक अर्बल येहूदलाई पनि रिहा गर्नुपर्ने थियो । हमासले सैनिकहरूभन्दा पहिले नागरिकहरूलाई रिहा गर्नुपर्ने विषय सम्झौतामा उल्लेख छ । युहूदलाई रिहा नगरेसम्म उत्तरी गाजामा कुनै पनि नागरिकलाई प्रवेशमा रोक लगाइएको इजरायलले जनाएको छ । हमासले भने यहूद जीवित रहेको र अर्को हप्ता रिहा हुने बताएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया