वैशाख २० गते भक्तपुरमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने
बैशाख ७, २०८२ आइतबार
अमेरिकाको गुप्तचर निकाय सीआईए कोभिड–१९ भाइरस जनावरबाट भन्दा पनि चीनको प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने ‘सम्भावना धेरै’ रहेको जनाएको छ । सीआईएले कोभिड–१९ को उत्पत्तिबारे आफ्नो विगतको मूल्याङ्कनलाई परिवर्तन गर्दै चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने बताएको बीबीसीले जनाएको छ ।
यद्यपि गुप्तचर निकायले आफ्नो मूल्याङ्कनप्रति ‘कम आत्मविश्वास’ रहेको भन्दै सावधानीपूर्वक प्रतिक्रिया दिएको छ । सीआईएका प्रवक्ताले उपलब्ध रिपोर्टहरूका आधारमा महामारी प्राकृतिक फैलावटमार्फत भन्दा ‘अनुसन्धानका क्रममा’ फैलिएको सम्भावना बढी रहेको बताएका खबरमा उल्लेख छ ।
तर चीनले पहिलेदेखि नै यस्तो दाबीको विरोध गर्दै आएको छ । यसअघि चीनले आफूमाथि यस्तो आरोप लाग्दा कोरोना भाइरस प्रयोगशालाबाट नआएको बताएको थियो । चीनले अमेरिकी सरकार र पश्चिमी मिडियाले कोरोनाको स्रोतबारे अफवाह फैलाइरहेको बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त गरिएका सीआईएका नयाँ निर्देशक जोन र्याटक्लिफले पहिलो निर्णयमध्ये कोभिडको उत्पत्तिबारे नयाँ मूल्याङ्कन सार्वजनिक गर्नुभएको हो । ट्रम्पको
पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रूपमा काम गर्नुभएका र्याटक्लिफले लामो समयदेखि प्रयोगशालामा चुहावट भएको भाइरसका कारण कोभिड–१९ महामारी फैलिएको भन्ने सिद्धान्तमा विश्वास गर्दै आउनुभएको छ । उहाँले सम्भवतः वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट चुहावट भएको भाइरसका कारण कोभिड–१९ शुरू भएको हुन सक्ने दाबी गर्दै आउनुभएको छ । कोरोना भाइरस पहिलो पटक यो प्रयोगशाला नजिकैको हुअनान बजारमा फेला परेको थियो ।
कोभिड–१९ महामारी कसरी फैलियो भन्नेबारे सबै एकमत देखिएका छैनन् । कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले १ सय २० पृष्ठको प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा भाइरस सर्ने सम्भावना कम हुने बताएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।