कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू

 माघ १७, २०८१ बिहीबार १८:२८:५५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – अछामको कमलबजारबाट दैलेखको साँइखोला जोड्ने ३३ केभी प्रसारण लाइन विस्तारको काम फेरि शुरू भएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ साँइगाउँका स्थानीय बासिन्दाले आफ्नो गाउँमा बिजुली नबाल्दासम्म लाइन विस्तार गर्न नदिने अडान राखेपछि अवरुद्ध भएको प्रसारण लाइन विस्तारको काम सहमतिपछि पुनः शुरू भएको हो । स्थानीयवासीसँगको छलफल र सहमतिले तत्काललाई समस्या समाधान भएको कालीकोट विद्युत् वितरण केन्द्र प्रमुख हरेन्द्र राय यादवले बताउनुभयाे ।

मुगु, जुम्ला र कालीकोटमा बिजुली खपत बढ्न थालेपछि कालीकोट वितरण केन्द्रले डडेल्धुराबाट अत्तरिया हुँदै कमलबजार जोड्ने ३३ केभी प्रसारण लाइन प्रयोगमा ल्याएको हो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया