सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो, च...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ । मध्य र पूर्वी तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेर भिजिविलिटी कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो भने हुस्सु हट्न सक्ने अनुमान छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाण्डौ उपत्यकामा बिहान लागेको हुस्सु घाम लागेसँगै बिस्तारै हटेर जानेछ ।
यस्तै देशमा पश्चिमी वायुको प्रभाव रहेकोले कोशी प्रदेशका पहाडी क्षेत्रमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।