ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार

 माघ १८, २०८१ शुक्रबार ८:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ताप्लेजुङमा केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र परेको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं–१ कञ्चनजङ्घा गुल्मले उद्धार गरी हिजो पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेको थियो । ‘नो केबलकार’ समूहले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमसहितका नाकामा भित्रिने र बाहिरीने यातायात बन्द गरेपछि तीर्थयात्री अलपत्र परेका हुन् ।

उद्धार गरिएकाहरुलाई गुल्मले खानाको समेत व्यवस्था गरेको  थियो । त्यसपछि स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म पुर्‍याइएको हो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया