नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सदरमुकाम निर्माणस्थलमा रुख कट...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज लुम्ले, डडेलधुरा, दिपायल, विरेन्द्रनगर, जुम्ला, घोराही, पोखरा, जोमजोमलगायतका क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भने हुस्सु लागेको छ । यस्तै कोशी प्रदेशका पहाडी क्षेत्रमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । मौसम बदली भए पनि कुनै ठाउँमा पनि पानी नपर्ने महाशाखाले जनाएको छ ।
आज अधिकतम तापक्रम सबैभन्दा धेरै धनगढीमा २५ देखि २७ डिग्री सेल्सियस र सबैभन्दा कम जोमसोममा १२ देखि १४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
यस्तै आज राति न्यूनतम तापक्रम सबैभन्दा कम जुम्लामा माइनस ५ देखि माइनस ३ सम्म झर्ने अनुमान रहेको महाशाखाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।