मौरीको घारमा लाग्ने 'ट्रोपिलाप्सिस माइट' नामको सुलसुले नेपालमा पहिलो पटक देखियो

 माघ २२, २०८१ मंगलबार १५:१:१० | रासस
unn.prixa.net

चितवन – मौरीको घारमा लाग्ने 'ट्रोपिलाप्सिस माइट' नामको सुलसुले नेपालमा पहिलो पटक देखा परेको छ । भारतलगायत एशियाका देशमा मौरीको घारमा ठूलो समस्याका रूपमा देखा परेको 'ट्रोपिलाप्सिस  माइट' नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखा परेको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकहरूले चितवनको मौरी घारको निरीक्षणका क्रममा सुलसुले फेला पारेका हुन् । विश्वविद्यालयको कृषि सङ्कायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट देखिएको हो ।

सम्पूर्ण प्रमाण समावेश गरी नेपाल सरकारलाई पेश गरेपछि आधिकारिक रूपमा सरकारले माइट भएको प्रमाणित गर्नुपर्ने हुन्छ । अहिलेसम्म नेपाल सरकारले यो रोग नदेखिएको जनाउँदै आएको छ । खाग र भीरमौरीमा देखिएको भए पनि व्यावसायिक रूपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन ।

मौरी तथा परागसेचनविज्ञ डाक्टर केदार देवकोटाका अनुसार विदेशी वैज्ञानिकहरूले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गरेका हुन् । अनुसन्धानकै क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्ट महिनामा थप बढ्ने भएकाले सतर्क रहन किसान र नेपाली विज्ञलाई समेत उनीहरूले सुझाव दिएका देवकोटाले जानकारी दिनुभयो ।

वैज्ञानिकहरूसँगै रहनुभएका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब किसानले सतर्क भएर काम गर्नुपर्ने बताउनुभयो । माइट फैलन नदिन सावधानी अपनाएर काम गर्नुपर्ने उहाँले बताउनुभयाे । यसले मौरीलाई ठूलो असर पुर्‍याउने र समयमा नै नियन्त्रणका लागि काम थाल्नुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया