नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
रसुवा – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० वटा हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताउनुभएको छ । पूर्वी रसुवाको नौकुण्ड गाउँपालिकाको फाम्चेतमा गौतमबुद्व माध्यमिक विद्यालयको ४८औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा उहाँले रसुवामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिनुभयो ।
ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताउनुभयो । सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र त्यो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उहाँले बताउनुभयो ।
विसं २०७२ को भूकम्पले हाकु क्षेत्रबाट विस्थापित भई खाल्टेमा बसोवास गरेका १ सय ५९ घरधुरीलाई विद्यालयलगायत सबै आधारभूत आवश्यक पूरा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने मन्त्री भट्टराईले आश्वासन दिनुभयो ।
तस्वीर : मन्त्री भट्टराईकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।