इजरायली बन्धकको रिहाइ रोक्ने हमासको चेतावनी

 माघ २९, २०८१ मंगलबार ६:३०:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टाइनी विद्रोही समूह हमासले बाँकी चरणमा इजरायली बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको छ ।

इजरायलले गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै हमासले आउँदो चरणमा बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ  ।

हमासले उत्तरी गाजामा विस्थापित व्यक्तिहरुको फिर्तीमा ढिलाइ हुनु, गाजापट्टीको विभिन्न क्षेत्रमा अझै गोलाबारी हुनुलाई इजरायले सम्झौता उल्लङ्घन गरेको भनेको छ ।

इजरायलले सहमतिअनुसारको मानवीय सहायताको अनुमति पनि नदिएको हमासको आरोप छ ।

गएको शनिवार तीन जना इजरायलीलाई हमासले रिहा गरेको बदलामा युद्धविरामको सम्झौता अनुरुप इजरायलमा थुनामा रहेका थप प्यालेस्टिनी कैदीहरूको रिहा नभएको हमासले दाबी गरेको छ । 

इजरायलले भने गाजाको कुनै पनि सम्भावित परिदृष्यका लागि सेनालाई उच्च अलर्टमा राखिएको प्रतिक्रिया दिएको छ । रक्षामन्त्री इजराइल काट्जले आईडीएफलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताउनुभएको छ ।

सम्झौतायता अहिलेसम्म २१ इजरायली र पाँच सय ६६ प्यालेस्टिनी बन्धकहरू रिहा भइसकेका छन् । हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी अझै रिहा हुन सकेका छैनन् ।
 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया