आइनस्टाइनले ईश्वर र धर्मका बारेमा लेखेको पत्र ३३ करोडमा बिक्यो

 मंसिर १९, २०७५ बुधबार १९:३९:२५ | एजेन्सी
unn.prixa.net

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका बारेमा लेखेको चर्चित पत्र अमेरिकाको लिलाम बजारमा २८ लाख ९० हजार अमेरिकी डलर(झण्डै ३३ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । यो पत्र आइन्स्टाइले आफ्नो मृत्यु हुनुभन्दा एक वर्ष पहिले लेखेका थिए । 

लिलाम बजारमा यो पत्रको सुरुवाति मूल्य १५ लाख रुपैयाँ डलर राखिएको थियो । दुई पेजको यो पत्र ३ जनवरी, १९५४ मा जर्मनीका दार्शनिक एरिक गटकाइन्डलाई लेखिएको थियो, जसले आइन्स्टाइनलाई आफ्नो पुस्तक ‘चूज लाइफ: द बिब्लिकल कल टु रिभोल्ट’ को एक प्रति पठाएका थिए । 

आइन्स्टाइनले पत्रमा लेखेका थिए, ‘मेरा लागि भगवान शब्दको अर्थ अरु केही नभएर अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै हो । बाइबल एक पूजनीय किताब हो । तर अहिले पनि प्राचीन किम्वदन्तीकै संग्रह हो ।’ उनी पत्रमा लेख्छन्, ‘मेरो यो विचारमा परिवर्तन ल्याउन सक्ने न त कुनै व्याख्या छ, न त कुनै रहस्य नै रहेको छ ।’

तस्बिर - बीबीसी

आइन्स्टाइनले १७ औँ शताब्दीका यहूदी डच दार्शनिक बारुच स्पिनोजाको उदाहरण दिँदै आफूले पनि दैनिक जीवनमा मानवरुपी देवतामा विश्वास नराख्ने बताएका थिए । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dhan bahadur

    Dec. 15, 2018, 6:37 p.m.

    सापेक्षवादको सिद्दान्तलाई प्रतिपादन गर्ने आइन्स्टाइनले भगवान मान्दिन भन्नु नपत्याउने कुरा हो / यो व्रम्हाण्डमा सबथोक एकअर्काको अपेक्षा गर्दछ/पृथ्वी र यो लोकका सबै पदार्थ भगवान सापेक्ष छन् बैज्ञानिकज्यू /

  •  0 Reply

तपाईको प्रतिक्रिया