भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
कास्की – पोखरा लेखनाथ महानगरपालिका १५ कालिका मार्गमा एक जनाको हत्या भएको छ । अरु २ जना घाइते भएका छन् । कालिका मार्गका ४० वर्षका रामजी घलेका ११ वर्षका छोरा ज्ञापनको हत्या भएको हो ।
रामजी र उहाँकी ३५ वर्षकी गर्भवती श्रीमती सुमित्रा ठकुरी घाइते हुनु भएको छ । उपचारको क्रममा रहेकी गर्भवती सुमित्राको गर्भ पनि खेर गएको छ । दुवै जनालाई उहाँहरुकै घरमा घाँटी रेटेर घाइते भएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । घाँटी रेटिएर घाइते अवस्थामा फेला परेका दम्पतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
घाइते सुमित्राले मलाई रामजीले मारेको हो भनी, रगतले भित्तामा लेखेको देखिएको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर राना जानकारी दिनुभयो । रामजी आफैं पनि घाँटी रेटिएको अवस्थामा घाइते भएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।