अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतकाे खराब सुरुवात

 मंसिर २०, २०७५ बिहिबार ८:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतले खराब सुरुवात गरेको छ । एडिलेडमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले पहिलो दिनको खाना समयसम्म चार विकेट गुमाएर ५६ रन बनाएको छ ।

भारतले खराब सुरुवात गर्दै ३ रन जोड्दा पहिलो विकेट गुमाएको हो । त्यस्तै, १५ रनमा दोस्रो, १९ रनमा तेस्रो र ४१ रनमा चौथो विकेट गुमाएको हो । भारतका अजिन्क्या रहानेले १३, मुरली विजयले ११, विराट कोहलीले ३ र लोकेश राहुलले २ रन बनाए।

भारत र अष्ट्रेलियाले चार टेष्ट र तीन एकदिवसीय खेल खेल्नेछन् । यसअघि भएका तीन ट्वेण्टी ट्वेण्टी क्रिकेटमा दुवै टीमले एक एक खेल जितेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया