पर्वतमा जीप दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे, ७ जना घाइते

 फागुन २१, २०८१ बुधबार ११:५८:११ | रासस
unn.prixa.net

साङ्केतिक तस्वीर

पर्वत – पर्वतको बिहादी गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अरू सात जना घाइते भएका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ गुडिरहेकाे लु १ ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको ज्यान गएको कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया