च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर म...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटकाे दाेस्राे सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय ६३ रनकाे लक्ष्य दिएकाे छ ।
लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनायाे । न्युजिल्यान्डका रचिन रविन्द्र र केन विलियमसनले शतक बनाए । रचिन १०८ र विलियमसन १०२ रन बनाएर आउट भए । यस्तै ड्यारेल मिचेल र ग्लेन फिलिप्सले समान ४९ रन बनाए । दक्षिण अफ्रिकाका लुङ्गी एन्गिडीले ३ विकेट लिए ।
च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डले बनाएकाे याे रन अहिलेसम्मकै धेरै हाे । यसअघि यही संस्करणमा लाहाेरमा अस्ट्रेलियासँगकाे खेलमा इङ्गल्यान्डले ३ सय ५१ रन बनाएकाे थियाे ।
दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता र न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यो खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २६ गते दुबईमा हुनेछ ।
आठ वटा टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र आयोजक पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्गल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।