चितवनमा वन्यजन्तुकाे आक्रमणबाट ६ महिनामा १० जनाकाे ज्यान गयाे

 फागुन २१, २०८१ बुधबार १२:४:५६ | रासस
unn.prixa.net

चितवन – चितवनमा वन्यजन्तुको आक्रमणमा परी ६ महिनामा १० जनाको ज्यान गएको छ । गएको साउनयता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट १० जनाकाे ज्यान गएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैंडाको आक्रमणबाट ८ तथा हात्ती र बाघको आक्रमणबाट १/१ जनाको ज्यान गएको हो । यो आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट १२ र हात्तीको आक्रमणबाट २ जना घाइते भएका हुन् ।

निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने गरेको छ । यस्तै घाइतेको उपचारका लागि दुई लाख रुपैयाँसम्म सरकारी अस्पतालको उपचार खर्च बेहोर्ने गरेको छ । अहिलेसम्म ९४ लाख ६१ हजार ९ सय ३१ रुपैयाँ राहतस्वरूप प्रदान गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो । राहतस्वरूप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा वर्षेनि जङ्गली जनावारको आक्रमणका कारण अकालमा ज्यान गुमाउनुपरेको थापामगरकाे भनाइ छ । उहाँका अनुसार निकुञ्जभित्र वन्यजन्तुको वासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्न सकिन्छ ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया