अमेरिकाबाट 'डिपोर्ट' भएका ८ जना प्रहरीको जिम्मामा

 फागुन २१, २०८१ बुधबार १२:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले आज बिहान काठमाण्डौ ल्याएर छाडिदिएका नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत काठमाण्डौ ल्याइदिएको हो । यस्तै एक जना नियमित उडानबाट आएकाले नौ जना सबैलाई प्रहरीको जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

अध्यागमन कार्यालयले कागज गराएर डिपोर्ट भएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो । प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करीमा संलग्नहरुको सम्बन्ध खुल्ने विश्वास लिएको जनाएको छ ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको मिति अर्थात् जनवरी २० तारिखयता आज आएका ९ सहित ३६ जना नेपाली डिपोर्ट भएका अध्यागन कार्यालयले जनाएको छ । जसमध्ये २८ जना नियमित उडानबाट र आज ८ जना चार्टर्ड विमानमा आएका हुन् ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया