प्रतिपक्षी दलले उठाएका विषयमा जानकारी दिन सभामुखकाे 'रुलिङ'

 फागुन २१, २०८१ बुधबार १४:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । साथै उठेका विषयलाई सभामा जानकारी गराउन पनि सभामुख घिमिरेले सरकारलाई निर्देश गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरणलगायत विषयमा सभामुखमार्फत रुलिङको माग गरेका थिए । रुलिङ नगरे संसद्को बैठक चल्न नसक्ने भनी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी गराउनुभएको थियो ।

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया