सिरियामा दुई दिनको झडप र लगत्तैको प्रतिशोधपूर्ण घटनामा एक हजार जनाभन्दा धेरैको ज्यान गयो

 फागुन २५, २०८१ आइतबार १४:५४:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियामा झडप र प्रतिशोधपूर्ण घटनाले अवस्था तनावपूर्ण बनेको छ । यी घटनामा एक हजार जनाभन्दा धेरैको ज्यान गएको एक युद्ध अनुगमन समूहले जनाएको छ ।

सिरियाली सुरक्षा बल र सत्ताच्युत राष्ट्रपति बशर अल–असदका समर्थकबीच झडप भएको हो । झडप लगत्तै प्रतिशोधपूर्ण घटनाका शृङ्खला भइरहेका छन् ।

सिरियाको १४ वर्षअघि शुरू भएको द्वन्द्वपछिको यो सबैभन्दा घातक हिंसा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ जना नागरिक मारिएका छन् ।

त्यस्तै एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकूको ज्यान गएको छ ।

लाटाकिया शहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानीको लाइन काटिएको छ । बिहीवारदेखि हिंसा थप भड्किएको हो । यसले नयाँ सरकारलाई सुरक्षा चुनौती थपेको छ ।  

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया