पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्किन लाग्दा आज काठमाण्डौमा सुरक्षा व्यवस्था कडा

 फागुन २५, २०८१ आइतबार १५:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाण्डौ फर्किन लाग्दा काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेषगरी त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्मको सडकमा सुरक्षा कडाइ गरिएको छ ।

काठमाण्डौका विभिन्न सडकमा पूर्व राजाका समर्थक जम्मा भएका छन् । उनीहरुले पूर्वराजा शाहलाई विमानस्थलमा स्वागतसहित निर्मल निवाससम्म पुर्‍याउने तयारी गरेका छन् ।

त्रिभुवन विमानस्थलमा पूर्वराजा आईपुग्नुअगावै विमानस्थल गेटमा कडाइ गर्न थालिएको थियो । विशेषगरी अहिले तीनकुने, गौशालालगायतका क्षेत्रमा जुलुस निकालिएको छ ।

पूर्वराजाको स्वागतमा भीड जम्मा भएपछि आज काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ । कुनै किसिमको हुलहुज्जत हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया