ईपीएलपछि शक्ति गाैचनले क्रिकेटकाे सबै फर्मबाट सन्यास लिने

 मंसिर २०, २०७५ बिहीबार १६:३६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

गएको जुलाईमा नेदरल्यान्ड्समा भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलबाट विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका शक्ति गौचनले शनिबारबाट एभरेस्ट प्रिमियर लिगपछि सन्यास लिने भएका छन् ।

नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा सन्यास लिने चाहना राखेका शक्तिकाे याे चाहना क्यान निलम्बनमा परेका कारण पूरा हुन सकेन । जसका कारण उनले अाफ्ना लागि र्इपीएल नै अन्तिम प्रतियाेगिता बनाउने निधाे गरेकाे बताए । देब्रेहाते स्पिनर शक्ति नेपालका प्रमुख बलर बनेका थिए । पछिल्लो समय बढ्दाे उमेर र श्वास्थ्यका कारण पनि उनि खेलाडी भन्दा खेल ब्यवस्थापन र प्रशिक्षकमा हात हालेका थिए ।

उनले सक्रिय क्रिकेटबाट टाढा भएपछि यू-१९ क्रिकेट टिमका टिम लिडरका रूपमा गएका थिए । सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरू गरेका शक्तिले सिंगापुरमा भएकाे एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । 

शक्ति नेपालबाट १ हजार रन बनाउने पहिलो खेलाडी हुन् । हाल भैरहवामा क्रिकेट एकेडेमी चलाएर बसेका शक्तिले नेपाली क्रिकेटलाइ धेरै युवा खेलाडी दिलाएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया