पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू, उत्कृष्ट ३ खेलाडीलाई माेटरसाइकल

 फागुन २५, २०८१ आइतबार ९:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू भएको छ ।

अहिले रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, रुपन्देहीकै एक्स्ट्राटेक ओभलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेश तथा दाङको देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् ।

प्रतियोगिताको सबै खेल पहिलो पटक काठमाण्डौबाहिर लुम्बिनी प्रदेशका ३ वटा क्रिकेट मैदानमा भइरहेको हो । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी १० वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

यसैबीच प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै रन बनाउने खेलाडीले मोटरसाइकल पाउने भएका छन् ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया