पढ्नैका लागि भागेर विदेश गएका अफगानी महिला अमेरिकी सहयोग रोकिएपछि समस्यामा

 फागुन २५, २०८१ आइतबार ९:८:४१ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

तालिबानबाट भागेर उच्च शिक्षाका लागि ओमान पुगेका ८० जनाभन्दा धेरै अफगानी महिला समस्यामा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायता रोकेपछि आफूहरू स्वदेश फर्कनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

तालिबानको प्रतिबन्धका बीच शिक्षाकै लागि भागेका उनीहरू स्वदेश फर्किएमा सुरक्षित नहुने र पढाइसमेत रोकिने चिन्तामा छन् । उनीहरूले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को छात्रवृत्तिमा अध्ययन गरिरहेका थिए । तर सहयोग रोकिएपछि आफूहरूलाई दुई हप्ताभित्र फिर्ता पठाउने जानकारी आएको एक विद्यार्थीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उनीहरूले आफूहरूको सुरक्षा र शिक्षाको निरन्तरताका लागि तत्काल व्यवस्थासहित सुरक्षा दिनसक्ने देशमा पुनर्वासको माग गरेका छन् ।

झन्डै चार वर्षअघि पुनः सत्तामा फर्किएपछि तालिबानले अफगानिस्तानमा महिलाहरूमाथि कठोर प्रतिबन्ध लगाएको छ जसमा उनीहरूलाई विश्वविद्यालयबाट प्रतिबन्ध लगाउनु पनि समावेश छ ।

ट्रम्प प्रशासनको सहायता रोक्काले कानूनी अवरोधहरूको सामना गर्नुपरेको छ तर ह्वाइट हाउसले यूएसएआईडीलाई खारेज गर्दै दशौं अर्ब डलरको खर्च कटौती गरेपछि विश्वभर हजारौं मानवीय कार्यक्रमहरू पहिले नै समाप्त भइसकेका छन् ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया