सुडानमा हैजाका कारण २ हप्तामै ९२ जनाको ज्यान गयो

 फागुन २५, २०८१ आइतबार १२:१०:४२ | एजेन्सी
unn.prixa.net

सुडानमा हैजाको प्रकोप फैलिँदा २ हप्तामै ९२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५ वर्षमुनिका ५ सहित १८ जना बालबालिका रहेका सुडानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सामाचार संस्था एपीले जनाएको छ ।

सुडानको ह्वाइट नाइल राज्यमा फेब्रुअरी २० पछि हैजा फैलिएको हो । त्यसपछि कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा २ हजार ७ सय १८ जना बिरामी भर्ना भएका थिए ।

फेब्रुअरी १६ मा विद्रोही समूह 'पारामिलिटरी र्‍यापिड सपोर्ट फोर्सेस' (आरएसएफ) ले एउटा पावर स्टेशनमा आक्रमण गरेपछि बिजुली आपूर्ति बन्द भएको थियो । बिजुली आपूर्ति बन्द भएसँगै सरकारी संयन्त्रले वितरण गर्ने पानीको आपूर्ति बन्द भएको र मानिसहरूले अरू स्रोतको पानी प्रयोग गर्दा पानीजन्य रोग हैजा फैलिएको मन्त्रालयले जनाएको छ ।

सुडानी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२४ को जुलाईदेखि गएको मङ्गलवारसम्ममा ५७ हजार १ सय ३५ जनामा हैजा पुष्टि भएको छ । उनीहरूमध्ये १ हजार ५ सय ६ जनाको ज्यान गइसकेको छ ।

सुडानमा सन् २०२३ को अप्रिलदेखि सशस्त्र सेना र आरएसएफबीच युद्ध चलिरहेको छ । युद्धका कारण कम्तीमा २९ हजार ६ सय ८३ जनाको ज्यान गएकाे छ । युद्धका क्रममा प्रत्यक्ष ज्यान गुमाउनेसँगै हैजालगायतका रोगको सङ्क्रमण र कुपोषण तथा भोकमरीको समस्यासमेत बढिरहेको एपीको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया