न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
चितवन – चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका घर भई अहिले रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतो रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरले जानकारी दिनुभयो ।
रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई हिजो हात्तीले आक्रमण गरेको हो । जङ्गली हात्ती ‘गाेविन्दे’ को आक्रमणबाट महतोको घटनास्थलमा नै ज्यान गएको उहाँले जानकारी दिनुभयो ।
चितवनमा गएको साउनपछि मात्रै वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ जना पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।