नौ महिनादेखि अन्तरिक्षमा फसेका दुई जना अन्तरिक्षयात्री पृथ्वीमा आइपुगे

 चैत ६, २०८१ बुधबार ६:२२:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनुभएको छ ।

उहाँहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गर्नुभएको हो ।

विना योजना नौ महिना अन्तरिक्षमा विताउनुभएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात हल्लाउनुभएको बीबीसीले जनाएको छ ।

क्यामरा जडित डल्फिनको एउटा समूहले उहाँहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उहाँहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन जानुभएको थियो । तर स्पेस क्राफ्टमा प्राविधिक समस्या आएपछि उहाँहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिनुभएको थियो ।

वैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् । उहाँहरुको अनुभव र कामबारे जानकारी दिन नासाले केहीबेरमा  पत्रकार सम्मेलन गर्दैछ । 
 

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया