संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा बर्दियाको ठाकु...
चैत ८, २०८१ शुक्रबार
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बल चम्काउन थुक लगाउन नपाउने प्रतिबन्ध हटेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बल चम्काउन थुकको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।
कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलमा बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । थुकको प्रयोगमा प्रतिबन्धका कारण तीव्र गतिका बलरहरूलाई रिभर्स स्विङ गर्न गाह्रो हुने गरेको थियो । यसअघि भारतका तीव्र गतिका बलर मोहम्मद शमीले बलमा थुकको प्रयोगलाई अनुमति दिन आग्रह गरका थिए ।
यस्तै बीसीसीआईले आईपीएलमा खेलको दोस्रो इनिङ्सका लागि दोस्रो बलको नयाँ नियम लागू गरेको छ । खेलको दोस्रो इनिङ्सको ११औं ओभरपछि दोस्रो बल खेलिने छ ।
आउँदो आईपीएल संस्करणका लागि बीसीसीआई र आईपीएल व्यवस्थापनले विभिन्न निर्णय गरेका खबरमा उल्लेख छ । मुम्बईको क्रिकेट सेन्टरमा आज कप्तान र प्रबन्धकहरूको बैठकमा बीसीसीआईले नयाँ नियमहरूबारे बताएको हो ।
पर्सिदेखि शुरू हुने १८औं संस्करणकाे आईपीएल मे २५ सम्म चल्नेछ । उद्घाटन खेलमा पूर्वविजेता काेलकाता नाइट राइडर्स र राेयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।